देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्षिण कोरियामा कोरोना संक्रमित घटे

देशान्तर

काठमाडौं – दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या फेरि घटेको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२ जना कोरोना संक्रमित भएका छन् । यो सँगै देशभरी अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ५४ लाख चार हजार ४२० पुगेको छ ।

यसअघि केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुने गरेका थिए । अघिल्लो हप्ता औषतमा एक लाख तीन हजार ४११ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले संक्रमित अवस्थामै रहेका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको पाइएको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २७ बढी हो ।
पछिल्लो एक दिनमा दक्षिण कोरियामा कोरोना कारण २९ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार २९२ पुगेको छ ।