देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटिजन्स बैंक र रा.जी. क्लिनिक प्रा.लि बीच समझदारी

देशान्तर

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा सुविधा प्रदान गर्ने क्रममा रुपन्देहीस्थित रा.जी. क्लिनिक प्रा.लि.मा विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ।

सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा.जी. क्लिनिकमा गरिने स्वास्थ परिक्षणहरुमा २० प्रतिशत, फार्मेसीमा ७ प्रतिशत छुट पाउनेछन् भने ६५ वर्ष भन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३० प्रतिशत सम्म छुट दिइनेछ । यसका साथै बैंकका ग्राहकले क्लिनिकबाट दन्त परिक्षण र चिकित्सक परामर्श जस्ता सेवा निःशुल्क पाउने छन् । दीर्घ रोगीहरुको लागी घरमै सेवा दिने व्यवस्था पनि गरिएको छ ।

यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएकोे छ। यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्नेमा पनि बैंक विश्वस्त छ ।