देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा १६ हजार चार सय ६४ जनामा कोरोना संक्रमण, ३९ को मृत्यु

देशान्तर

काठमाडाैं – भारतमा गत चौबीस घण्टामा जम्मा १६ हजार चार सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

देशमा हाल कोरोना संक्रमितको सङ्ख्या चार करोड ४० लाखमा ३६ हजार दुई सय ७५ पुगेको छ। देशभर एक लाख ४३ हजार छ सय ७६ सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १९ हजार ६ सय ७३ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।योसँगै भारतमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या चार करोड ३३ लाख ६५ हजार जना पुगेको मन्त्रालयले जनाएको छ ।

चौबीस घण्टामा कोरोना संक्रमणबाट ३९ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार तीन सय ९६ जनाको मृत्यु भएको छ । महामारी सुरु भएयता ८७ करोड ७५ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड-१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ ।