देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लाे २४ घण्टामा ७१० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

देशान्तर

काठमाडौं – नेपालमा गत २४ घण्टामा ७१० जनामा कोरोना संक्रमण पुष्टि र २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ५४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५२४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै २ हजार ४८४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १८६ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ४ हजार २३६ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप २१५ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६९ हजार २१९ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ४ प्रतिशत छ ।