देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नबिल बैंकले आफ्ना शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने

देशान्तर

काठमाडौं – नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ ।

काठमाडौं महानगरपालिका र नबिल बैंकबीच बुधबार सम्झौता भएको छ, जसअनुसार तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई बैंकले सार्वजनिक रुपमा प्रयोग गर्न दिनेछ ।

शौचालय प्रयोग गरे बापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मत सम्भार, सफाइ र पानीको प्रबन्ध बैंकले गर्नेछ ।
यो सम्झौता ५ वर्षको हुने छ ।