देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल र जिम्बावे ’ए’बीचको पहिलो एक दिवसीय आज

देशान्तर

काठमाण्डौँ । जिम्बावे ए टिमविरुद्धको पहिलो ५० ओभरको खेलमा नेपालले आज प्रतिस्पर्धा गर्दैछ । तीन टी २० खेलको सिरिजमा एक एकको बराबरी खेलेको नेपालले पहिलो एकदिवसीय खेलमा जितको लक्ष्य राखेको छ ।

खेल विहान साढे ९ बजेदेखि सुरुहुने छ ।ब्याटिङमा बलियो रहेको जिम्बावे ए टिमविरुद्ध नेपाली बलरलाई केहि चुनौती भने देखिएको छ । केहि समय अगाडीमात्र चारदिवसीय घरेलु प्रतियोगिता खेलेको जिम्बावे ए टिमले ५० ओभरको खेलमा नेपाललाई दबाब दिनसक्ने संभावना रहेको छ ।

टी २० सिरिजपछि प्रशिक्षक पुबुद दशानायकेले पनि ५० ओभरको खेल नेपालमा नेपालका लागि बढि दबाब हुने बताएका थिए । तीन खेलको ५० ओभरको सिरिजका लागि क्यानले टी २० मा भन्दा केहि परिवर्तन गरेको छ । जसमा देव खनाल, विनोद भण्डारी, सुनील धमला, बिक्रम सोब, आदिल अन्सारी, सुसान भारी रहेका छन् । तर आजको खेलमा मौसम मुख्य चुनौती देखिएको छ ।

कीर्तिपुरमा आज बर्षाको संभावना देखिएको छ । क्यानले सुरुवातमा ५० ओभरको सिरिज गर्ने तालिका बनाएको थियो । तर त्यो समयमा मौसम अनुकुल नहुने देखिएपछि तालिका परिवर्तन गरेर पहिले टी २० सिरिज गरेको थियो । जसमा दोस्रो टी २० खेल बर्षाका कारण रद्द नै भएको थियो ।

प्रतियोगितामा पहिलो एकदिवसीय खेलको समयमा पनि बर्षा हुँदा खेल सारिएको थियो भने एकदिवसीय सिरिजको तालिका नै परिवर्तन गरिएको थियो ।