देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टी–ट्वान्टी र एकदिवसीय क्रिकेटमा नेपालको वरीयता खस्कियो

देशान्तर

काठमाडौं । नेपालको टी–ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयता खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बुधबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी र एकदिवसीय वरीयता खस्किएको हो ।
टी–ट्वान्टीतर्फ नेपालको वरीयता एक स्थान खस्किएको छ । १२औं स्थानमा रहेको नेपाल १३औं स्थानमा झरेको छ ।

वरीयताको शीर्ष स्थानमा भारत दोस्रोमा इङ्ल्याण्ड र तेस्रोमा पाकिस्तान छन् । नेपालभन्दा अगाडि युएई १२ औं स्थानमा छ ।

एकदिवसीयमा पनि नेपालको वरीयता एक स्थान तल खस्किएर १९ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १८ औं स्थानमा रहेको थियो ।

१८ औं स्थानमा अमेरिका उक्लिएको छ । एक दिवसीयमा शीर्षस्थानमा न्युजिल्यान्ड, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो र भारत चौथो स्थानमा छन् ।