देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा


स्पेनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट पुनारगमन गर्दै रियलले फाइनलमा लिभरपुलसँगको भेट पक्का गरेको हो ।

पहिलो लेगमा ४–३ गोलको अग्रता बनाएको सिटीले दोस्रो लेगमा ३–१ गोलले पराजित हुन पुग्यो ।

समग्रमा रियल ६–५ गोल अन्तरका साथ फाइनलमा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औँ मिनेटमा रियाद महारेजले गोल गरेपछि इंग्लिस क्लब सिटीले अग्रता दिलाएको थियो ।

तर, दोस्रो हाफको निर्धारित समयको अन्तिम मिनेटमा रोड्रिगोले करिम बेन्जिमाको पासमा गोल गरेपछि रियलले १–१ को बराबरी गरेको थियो । लगत्तै उनै बेन्जिमाले मार्को असेन्सियोको पासमा अर्को गोल गरेपछि खेल समग्रमा पनि बराबर भएको थियो ।

त्यसपछि अतिरिक्त समयमा रियलका लागि करिम बेन्जिमा नायक बने । उनले ९५ औं मिनेटमा रियलले पाएको पेनाल्टीलाई सहजै गोलमा परीणत गरेका थिए ।
रुबेन डियासले करिम बेन्जेमालाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो थियो ।