देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोलकातासँग राजस्थान पराजित


राजस्थान रोयल्सलाई ७ विकेटले हराउदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ ।

सोमबार राति राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । कोलकाताका लागि नितिश रानाले सर्वाधिक ४८ रन बनाए । यस्तै रिन्कु सिंहले ४२ रनको योगदान गरे ।

यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले सर्वाधिक ५४ रन बनाए । यस्तै शिम्रन हिटम्मायर २७ रनको योगदान गरे ।

जितसँगै कोलकाता १० खेलबाट ८ अंक जोडेर सातौं स्थानमा छ । राजस्थान १० खेलमा १२ अंक जोडेर तेस्रो स्थान छ ।