देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढ्यो, चाँदी स्थिर

देशान्तर

काठमाडौं – साताको पहिलो दिन तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार सामान्य बढेको छ। आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ९९ हजार ५ सय कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाको छ।

यसअघि आइतबार सुन तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजावी सुन तोलाको ९९ हजार कायम गरिएको छ।

सुनको मूल्य बढे पनि चाँदीको मूल्य स्थिर छ । आज चाँदी १३ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने घटबढका आधारमा नेपाली बजारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ  ।