देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनचाँदीकै भाउ घट्यो

देशान्तर

काठमाडौं – सुनचाँदीको भाउ सामान्य घटेको छ । गएको शुक्रबारको तुलनामा सुन तोलामा ६०० र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको ९९ हजार २०० रुपैयाँ कायम गरेको छ । शुक्रबार तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ६०० रुपैयाँले झरेर तोलाको ९८ हजार ७०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले कमी आएर तोलाको १३ सय ७५ कायम भएको छ ।