देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

देशान्तर

काठमाडौं – प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित छ ।

नयाँ बानेश्वरस्थित शंकर हलमा जारी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समिति गठनबारे छलफल भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

जबराविरुद्ध सत्ता गठनबन्धनका सांसदहरुले फागुन १ गते संसदमा महाअभियोग दर्ता गरेका थिए ।

संसद सचिवालयले नै आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकका लागि आन्तरिक कार्यसूचीमा महाअभियोग सिफारिस समिति गठन गर्ने विषय राखेको थियो । सोही अनुसार कार्यव्यवस्था समितिका सदस्यहरुले धारणा राखिरहेका छन् ।