देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रपा नेपालले तोक्यो दुई प्रदेश प्रमुख

देशान्तर

काठमाडौं – राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ ।

पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मधेश प्रदेशको अध्यक्षमा धनुषाका रामनरेश यादव र गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका राजेन्द्रबहादुर अधिकारीलाई जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।

बाँकी प्रदेश र जिल्लाहरूमा चाँडै कार्यसमिति चयन गर्ने राप्रपा नेपालले जनाएको छ । साथै विद्यार्थी संगठन, पूर्वप्रहरी परिषद् गरी हालसम्म दुई भ्रातृ संगठन गठन गरिसकेको जनाएको छ ।