देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

देशान्तर

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक एक बजेपछि सुरु भएको हो ।

राष्ट्रिय सभा गृहमा सुरू भएको बैठक तीन दिनसम्म चल्नेछ । आज पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने कार्यक्रम छ । बैठकको प्रमुख एजेण्डा पदाधिकारी चयन रहेको छ ।

बैठकमा एमसीसी सम्झौताबारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् । एमसीसी सम्झौतामा नेता श्रेष्ठ पक्षधरले असन्तुष्टि जनाएका छन् । एमसीसीका विषयमा श्रेष्ठ पक्षधरले छुट्टै छलफल पनि गरिसकेका छन् ।