देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज ११ बजे बस्ने भनीएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १ बजे बस्ने

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दुई घन्टा पर सरेको छ।

आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको माओवादी संसदीय दलका नेता देव गुरुङले जानकारी दिए।

बैठक दिउँसो १ बजेदेखि राष्ट्रियसभा गृहमा सुरु हुने छ। नेताहरू आन्तरिक छलफलमा रहेका कारण बैठक धकेलिएको उनको भनाइ छ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीमा विवाद उत्कर्षमा पुगको छ।

नेता नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन्। उनीहरूले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन्। आजको बैठकमा यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको बुझिएको छ।