देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘धनगढी मोडल’ स्थापित गर्न हमालको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा

देशान्तर

धनगढी – कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । आज ९बिहीबार० बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताए । उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण दिँदै आफूले पनि धनगढीलाई दिल्ली जस्तै सबै चिन्ने शहर बनाउन चाहेको बताएका छन् ।

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हमालले आफू मेयरमा विजयी भए कुनै पनि सेवा सुविधा नलग्ने घोषणा पनि गरेका छन् । सवारीसाधन आफ्नै चलाउने र इन्धन खर्च समेत नलग्ने बताएका उनले मेयरका लागि दिइने अन्य सुविधा पनि नलग्ने बताएका छन् ।

उनले मेयर भएर एक रुपैयाँ पनि नलग्ने आफू नेपालकै पहिलो जनप्रतिनिधि हुने समेत बताए । ‘मलाई कुनै लोभ छैन,’ उनले भने, ‘मेरो स्वार्थ भनेको धनगढीलाई नमुना मोडल बनाउने हो, त्यसका लागि जनताले एक पटक मौका दिने छन् भन्ने अपेक्षा गर्दछु ।’ उनले धनगढीको मेयरमा आफू अन्तिम पटक लड्ने समेत दाबी गरेका छन् ।

२०७४ मा सम्पन्न स्थानीयको निर्वाचनमा पनि हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका थिए । तर उनी नेपाली कांग्रेसका उम्मेदवार नृप वडसँग २८ सय मतले पराजित भएका थिए । मेयरमा विजयी भएका नृपबहादुर वडले १४ हजार ३४२ मत ल्याउँदा हमालले ११ हजार ५२७ मत ल्याएकमा थिए ।