देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीरेन्द्रनगरको निषेधाज्ञा हट्यो

देशान्तर

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा हटाएको छ ।

गएको मङ्गलवार बेलुकी ७ बजेदेखि वीरेन्द्रनगरका मंगलगढी चोक, एरिचोक, हटिया चोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । शान्ति, सुरक्षाको स्थिति समान्य अवस्थामा आएकाले यी क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बुधवार बेलुकी ६ बजेदेखि हटाइएको प्रशासन कार्यालयले जनाएको छ ।

वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको थियो । गएको सोमवार एमसीसीको विरोधमा विभिन्न पार्टीले आह्वान गरेका बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि त्यही दिन बेलुकी राति सवा ८ बजेदेखि गएको मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु लगाइएको थियो । अवस्था सामान्य बन्दै गएपछि सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो ।