देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमसीसीबारे जानकारी गराउन प्रचण्डले पत्रकार सम्मेलन गर्दै

देशान्तर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार सम्मेलन गर्ने भएका छन् । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदनसम्बन्धी व्याख्यात्मक घोषणाको बारेमा पार्टीका नेता तथा कार्यकर्तालाई जानकारी गराउन पत्रकार सम्मेलन गर्ने भएको हो ।

प्रचण्डको सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन राखिएको हो । आइतबार बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी स्वीकार गर्ने निर्णय गरी माओवादी केन्द्र संसदमा सहभागी भएको थियो ।

यस क्रममा नेता नारायणकाजी श्रेष्ठसहितका आधा दर्जन नेताहरुले असन्तुष्टि जनाएका छन् ।