देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अष्ट्रियामा हिमपहिरोमा परी ८ जनाको मृत्यु

देशान्तर

सिड्नी स् अष्ट्रियामा गएको छुट्टाछुट्टै हिमपहिरोमा परी ८ जनाको मृत्यु भएको छ। शनिबार र शुक्रबार गएको छुट्टाछुट्टै हिमपहिरोमा परी सातजना स्कि खेलाडीसहित ८ जनाको मृत्यु भएको हो।

स्विजरल्याण्डसँग सीमाना जोडिएको टाइरोल राज्यको शहर स्पिसनजिकैको अष्ट्रियन पर्वतमा शुक्रबार साँझ हिमपहिरो गएको थियो। सो हिमपहिरोमा परी एकजना स्कि गाइड र अन्य ६ जना स्कि खेलाडीको ज्यान गएको थियो। त्यसको भोलिपल्ट शनिबार सोही राज्यको सेमिर्नमा गएको हिमपहिरो परी थप एक स्थानीयको मृत्यु भएको हो।

तातो हावापछि एक्कासी सो क्षेत्रमा भारी हिमपात हुँदा हिमपहिरो गएको बताइएको छ। असामान्य रुपमा आएको हिमपहिरोले ठूलो क्षति बेहोर्नुपरेको त्यहाँको स्थानीय सरकारले जनाएको छ।