देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीन र रसियाका राष्ट्रपतिबीच भेटवार्ता, के भयो छलफल ?

देशान्तर

काठमाण्डौँ-रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । बेइजिङ हिउँदे ओलम्पिकमा विदेशी अतिथिको रुपमा सहभागी हुने क्रममा चीन पुगेका राष्ट्रपति पुटिन र राष्ट्रपति सीबीच शुक्रबार भेटवार्ता भएको हो ।

रसियाले चीनमा प्राकृतिक ग्याँस आपूर्ति गर्नेलगायतका विषयमा दुई देशबीच सम्झौता हुने कार्यक्रम छ । भेटका अवसरमा रसियाले चीनलाई थप १० अर्ब क्युविक मिटर प्राकृतिक ग्यास सहयोग गर्ने तयारी गरिरहेको राष्ट्रपति पुटिनले सीलाई बताएका थिए ।

यसअघि युक्रेन मामिलामा पश्चिमा देश र रसीयाबीच तनाव बढिरहेका बेला अमेरिकाले ग्यास पाइपलाइन अवरोध गर्ने चेतावनी दिएको थियो ।