देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टिकटक र युट्युवका कारण फेसबुक ओराेलाे यात्रामा

देशान्तर

फेसबुकको १८ वर्षे इतिहासमा पहिलो पटक दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या घटेको छ ।

फेसबुकको मातृ कम्पनी मेटाका अनुसार दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या सन् २०२१ को अन्तिम तीन महिनामा एक अर्ब ९२ करोड ९० लाख रहेको थियो । त्यसअघिको त्रैमासिकमा त्यस्ता प्रयोगकर्ताको सङ्ख्या एक अर्ब ९३ करोड थियो ।

फेसबुक अस्तित्वमा आएयता हरेक त्रैमासिकमा विश्वव्यापी आँकडा सधैँ उक्लिएको थियो । तर पछिल्लो केही वर्षमा युरोप र अमेरिकामा वृद्धि रोकिन पुगेको छ ।

मेटाले टिकटक र युट्युबजस्ता प्रतिद्वन्द्वीले विज्ञापन लैजाँदा आफ्नो आम्दानी पनि कम हुनसक्ने जनाएको छ । विवरण आएको केही घण्टापछि नै न्युयोर्कमा मेटाको शेयर मूल्य २० प्रतिशतभन्दा बढीले घटेको थियो ।

यो गिरावटले कम्पनीको मूल्यमा झण्डै दुई सय अर्ब डलर ह्रास आएको बीबीसीले जनाएको छ ।