देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनेता अमिताभ दयालको निधन

देशान्तर

काठमाण्डौँ-भारतीय अभिनेता अमिताभ दयालको निधन भएको छ । उनको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो । ६१ वर्षका दयालको निधन उनकी पत्नी मृणालिन्नी पाटिलले पुष्टि गरेकी छिन् ।

१७ जनवरीमा हृदयाघात भएपछि उनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको थियो । आज पुनः हृदयाघात भएपछि निधन भएको हो ।

अमिताभ बच्चन, सञ्जय दत्त, जोन अब्राहमका साथ ‘विरुद्ध’ र ओमपुरी, नन्दिता दासका साथ ‘कगार’ जस्ता फिल्ममा अभिनय गरेका अमिताभको दुई सन्तान शिवम पाटिल र अमृता पाटिल छन् । उनको अन्तिम संस्कार मुम्बईमा गरिनेछ ।

छत्तीसगढको बिलासपुरमा जन्मिएका अमिताभले २००० मा मराठी निर्देशकसमेत रहेकी मृणालिन्नीसँग विवाह गरेका थिए ।