देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिकित्सा शास्त्र स्नातक तहको प्रवेश परीक्षाका लागि आवेदन दिने म्याद थपियो

देशान्तर

काठमाडौं – चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाका लागि आवेदन दिने समय थपेको छ ।

आयोगले सोमबार सूचना जार्दै प्रवेश परीक्षाका लागि बैंक दाखिला गर्ने म्याद फागुन ४ गतेसम्म र फारम पेश गर्ने म्याद फागुन ६ गतेसम्म बढाएको जनाएको छ ।

यसअघि माघ २० गतेसम्मको म्याद तोकिएको थियो ।

कोरोनाको तेश्रो लहरका कारण विभिन्न कार्यालय बन्द भई समयावधिभित्र आवश्यक कागजात तयार गर्न कठिनाइ हुने गुनासो आएपछि आयोगले परीक्षाको म्याद थप गरिएको जनाएको छ ।