देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा खोप चिस्याउने प्रणाली सशक्त पार्न जापानको सहयोग

देशान्तर

काठमाडौँ-नेपालमा खोप चिस्याउने प्रणाली सशक्त पार्न जापान सरकारले राष्ट्र संघीय बाल कोष, युनिसेफमार्फत विभिन्न सामाग्री प्रदान गरेको छ । सहयोगअन्तर्गत जापानले उच्च गुणस्तरको खोप सामाग्री प्रदान गरेको हो ।

जापानले ९ ओटा वाक–इन–कुलर्स, ३८ ओटा सौय उर्जामा चल्ने फ्रिज, एक हजार १०९ ओटा लामो दूरीमा खोप बोक्ने सामग्री र ५३ ओटा चिस्याउने बाकस ९कोल्ड बक्स० प्रदान गरेको हो ।

खोप सामग्रीका लागि जापानले गत वर्षदेखि निरन्तर नेपालभर सहयोग प्रदान गर्दै आएको छ । ‘नेपालले अहिले नयाँ भेरियन्टसहित कोभिडको तेस्रो लहर सामन गरिरहेको छ, जसका कारण खोप अभियान सरकारको उच्च प्राथमिकतामा परेको छ,’ नेपालका लागि जापानका दूत किकयुता युताकाले भने ।

खोप अभियानमा खोपको उचित भन्डार महत्वपूर्ण भएको र जापानको सहयोगको उदेश्य पनि भन्डारणको क्षमता बृद्धि र देशभर खोप वितरण गर्नु रहेको उनले बताए । जापानले प्रदान गरेको वाक–इन–कुलर ढुवानी योग्य भएको र तुलनात्मक रुपमा सस्तोमा चाँडै राख्न सकिने उनले बताए ।

त्यस्तै, सौर्य उर्जामा चल्ने फ्रिज विभिन्न क्षेत्रमा भन्डारणमा देखिएको समस्यासँग जुध्न सहयोग पुग्ने पनि उनले विश्वास गरे । जापानले निरन्तर रुपमा नेपाललाई वृहत सहयोग गर्दै आएको छ ।

नेपालमा कोभिडविरुद्ध पहल मजबुत पार्न जापानले अहिलेसम्म खोप, एम्बुलेन्स, मेडिकल तथा चिस्याउने उपकरणलगायतका सामाग्री अनुदान दिएको छ ।