देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१८ वर्षमाथिका ७० प्रतिशतले पाए कोरोनाको पूर्ण खोप

देशान्तर

काठमाडौं – सरकारले नेपालमा १८ वर्षभन्दा माथि उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्णमात्रा खोप पाएको दावी गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विज्ञप्ति जारी गरी १८ वर्षमाथिका ७० प्रतिशतले पूर्ण र ८३ प्रतिशत नागरिकले कम्तीमा एक मात्रा खोप लगाएको बताएका छन् ।

त्यस्तै, १२ वर्षदेखि १७ वर्षसम्मका १८ लाख ७२ हजार ६७० बालबालिकाले पहिलो मात्रा र तीन लाख ५८ हजार २९८ बालबालिकाले पूर्ण मात्रा खोप लगाएका उनले जानकारी दिए । कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिएकामध्ये तीन लाख जनाले बुस्टर डोज खोप पाएका छन् ।

हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आइपुगेकामा तीन करोड छ लाख चार हजार १५२ डोज खोप नगाइसकेको पनि मन्त्री खतिवडाले जानकारी दिएका छन् ।

नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगायन सुरु गरेको शुक्रबार एक वर्ष पूरा भएको छ ।