देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ढुंगाको सिरानी

देशान्तर

म भावनामा नदीजस्तै बग्ने मान्छे

म कल्पनामा चराजस्तै स्वच्छन्द उड्ने मान्छे

म सिर्जनामा पहरा फोरेर उम्रेको मूलको पानीजस्तै मान्छे

म प्रकृतिका छटालाई सजीव रूपमा कुँद्ने सफल चित्रकार मान्छे

अपशोच, आफ्नै महत्वाकांक्षाले दुःख पाएको अभागी मान्छे हुँ म । ।

 

चराचर जगत्को बुद्धि र विवेक भएको मान्छे म

गरिब भए पनि सुखमा ढुंगाको सिरानी लाएर आनन्दले निदाउने मान्छे म

तर, आज आफ्नै महत्वाकांक्षाले मार्सी चामलको भात खाए पनि,

पाँच लाखको पलंगमा सुते पनि

स्लिपिङ ट्यापलेट खाएर पनि

छट्पटाउनु परेको छ मध्यरातमा अपशोच,

आफ्नै महत्वाकांक्षाले दुःख पाएको अभागी मान्छे हुँ म । ।

 

पद, पैसा र प्रतिष्ठामा भौतारिएको मान्छे

सुखलाई पैसाले किन्न खोज्ने मान्छे

दुःखलाई पैसामै बिक्री गर्न खोज्ने मान्छे

गरिब भए पनि सुखमा ढुंगाको सिरानीमा मायाको अँगालोमा निदाउने मान्छे

आज पाँच लाखको खाटमा पाँच इन्चको हेरिटेज डस्नामा सुत्दा स्लिपिङ ट्याबलेट खाएर पनि छट्पाएको मान्छे

अपशोच, आफ्नै महत्वकांक्षाले दुःख पाएको अभागी मान्छे हुँ म । ।