देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हङकङमा ओमिक्रोन संक्रमण तीव्र बन्न थाल्यो, स्वास्थ्य अधिकारीले दिए चेतावनी

देशान्तर


काठमाडौं-हङकङमा पछिल्लो समय थप १४ जनामा ओमिक्रोन कोरोना भाइरस संक्रमण बढेपछि अताल्एिको छ ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार यसले सम्भावित खतरा सामनाका लागि आकस्मिक योजना बनाउन आवश्यक रहेको देखाएको हङकङका स्वास्थ्य अधिकारीले बताएका छन् ।

विश्वभर तेज गतिमा फैलिरहेको ओमिक्रोनको संक्रमण हङकङमा समुदायस्तरमा फैलिन सक्ने चेतावनी सोमबार त्यहाँका वरिष्ठ अधिकारीले दिएका छन् ।

कोरोनो संक्रमितको उपचार गर्ने दुई सार्वजनिक अस्पताल अनुगमनपछि खाद्य तथा स्वास्थ्य सचिव सोफिया चान सिउ चीले भने, ‘ओमिक्रोन विश्वभर तीव्र गतिमा फैलिरहेको छ । यो हङकङका लागि पनि उत्तिकै जोखिमपूणर् देखिएको छ ।’