देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निजी अस्पताललाई खोप केन्द्र सञ्चालन गर्न अनुमति

देशान्तर


काठमाडा-मेडिकल कलेज तथा निजी अस्पतालहरुले पनि कोभिड-१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्नका लागि अनुमति पाएका छन् ।

यसअघि सरकारले सरकारी अस्पतालहरुमा मात्रै खोप केन्द्र तोकेर नागरिकलाई खोप दिँदै आएकोमा अबदेखि निजी अस्पतालहरुले पनि कोभिड-१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्न पाउने भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेजहरु र ५० बेडभन्दा बढी क्षमताका निजी अस्पतालहरुलाई खोप केन्द्र सञ्चालन गर्न चाहेमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी खोप केन्द्र सञ्चालन गर्न सकिने जनाएको छ ।

सरकारको नियमभित्र रही खोपको उपलब्धताको आधारमा विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप दिन सकिने विज्ञप्तिमा उल्लेख छ ।