देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा. नूतन शर्माले अल्का छाडिन्, नर्भिकमा पूणर्कालीन सेवा सुरु

देशान्तर


काठमाडौं-वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवम् टेष्टट्युव बेवी बिशेषज्ञ डा. नुतन शर्माले नर्भिक इन्टरनेशनल हस्पिटलमा पूणर्कालीन सेवा सुरु गरेकी छिन् ।
करिब १५ बर्षदेखि काम गर्दै आएको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालसँगको सहकार्य अन्तसँगै डा. शर्माले नर्भिकमा पूणर्कालीन सेवा सुरु गरेकी हुन् ।
अल्का अस्पतालमा आफ्नै फर्टिलिटि सेन्टरसमेत सञ्चालन गर्दै आएकी डा. शर्माले मंसिर १ गतेदेखि अल्का अस्पतालसँगको सहकार्य अन्त गर्दै नर्भिकमै पूणर् रुपमा सेवा सुरु गरेकी हुन् ।
काठमाण्डौैको थापाथलीस्थित नर्भिक अस्पतालमा संचालनमा आएको नर्भिक आइभिएफ सेन्टर मार्फत डा. शर्माले स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा शुरु गरेको जानकारी दिइन । अल्काको आइभिएफ सेन्टरसमेत डा. शर्माले नै सुरु गरेकी थिइन् ।
स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई आधुनिक सुविधासहित थप उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नर्भिक अन्तराष्ट्रिय अस्पतालमा आवद्ध भएको डा. शर्माले बताइन् ।
अल्कामा करिब १५ बर्षभन्दा बढी समय बिरामीको सेवा गरेकी शर्माले प्रसूति तथा स्त्री रोगका साथै बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई नर्भिक हस्पिटलबाट अझै परिस्कृत एवं उच्चस्तरीय सेवा दिने बताइन् ।
नर्भिक आइभिएफ सेन्टरमा नेपालमै पहिलोपटक अन्तराष्ट्रिय स्तरको मोडुलर ओटी र जेनेटिक ल्याबसहितको टेष्टट्युब बेवी सेवा संचालन भएकाले बिरामीले तुलनात्मक रुपमा थप उच्चस्तरीय सेवा पाउने डा. शर्माको भनाई छ ।