देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालबालिकालाई लगाइने थप १९ लाख ६५ हजार मात्रा मोर्डना खोप भित्रियो

देशान्तर


काठमाण्डौ – कोभ्याक्स सुविधा अन्तर्गत १९ लाख ६५ हजार ६ सय मात्रा कोरोना भाइरसविरुद्धको मोडर्ना खोप आज आइतवार नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख सुरेन्द्र चौरसियाले १९ लाख ६५ हजार ६ सय मात्रा मोर्डनाको खोप नेपाल आज भित्रिएको जानकारी दिए । योसहित नेपालमा गएको बुधवार र बिहीवार गरी ३६ लाख ५१ हजार ६ सय मात्रा मोडर्ना खोप आइसकेको छ ।

मोडर्नाको खोप आउँदो पुस ४ गतेदेखि १२ देखि १८ वर्षसम्मका झन्डै १८ लाख बालबालिकालाई लगाइने उनले बताए ।

सरकारले बालबालिकालाई विद्यालयबाटै खोप लगाउने जनाएको छ । पहिलो मात्रा फाइजर खोप लगाएकाबाहेक ५७ जिल्लाका बालबालिकालाई विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको पनि उनले बताएका छन् ।

हिमाली जिल्लाका लागि एक सयभन्दा बढी विद्यार्थी भएका विद्यालय र अन्य बाँकी जिल्लामा दुई सय भन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र तोक्ने तयारी भइरहेको पाइएको छ ।