देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजारमा उतावचढाव, दोहोरो अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार

देशान्तर

काठमाडौं – सोमबार ३२.२२ अंकले बढेर २५ सय ४६.०८ विन्दुमा पुगेको नेप्से मंगलबार फेरि घटेको छ। यसदिन नेप्से परिसूचक ३७.१८ अंकले घटेर २५ सय विन्दुमा बन्द भएको छ। यसदिन ३ अर्ब बराबरको सेयर कारोबार भयो।

२३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता सेयर ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० रुपैयाँमा खरिदबिक्री भयो। सोमबार २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता सेयर ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसदिन ठूला कम्पनीको सेयर कारोबार मापन सेन्सेटिभ इण्डेक्स पनि ६ अंक बढीले घटेको छ। दुई समूहबाहेक बाँकी समूहको परिसूचक ओरालो लागेको छ। व्यापारको ०.८२ प्रतिशत र सामूहिक लगानी कोषको ०.८२ प्रतिशतले सेयर मूल्य बढेको हो।

यसदिन वित्त समूहको सर्वाधिक ३.८६ अंकले सेयर मूल्य घटेको छ। डेभलपमेन्ट बैंकको २.९९, जलविद्युतको २.५४, अन्यको २.८४ प्रतिशतले सेयर मूल्य घट्दा होटल तथा पर्यटनको १.६२, उत्पादनको १.५५, लघुवित्तको १.४७ प्रतिशतले ओरालो लागेको हो।

बाँकी अन्य समूहको ०.९४ प्रतिशतसम्म घटेको छ। यसदिन कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कारोबार रकमका आधारमा प्राइम कमर्सियल बैंक शीर्षस्थानमा रह्यो। यसदिन सो कम्पनीको १२ करोड ३६ लाख रुपैयाँ बराबरमा सेयर खरिदबिक्री भयो। ११ करोड मूल्य बराबरमा सेयर खरिदबिक्री गरेर महालक्ष्मी विकास बैंक दोस्रो स्थानमा रह्यो।

मंगलबार कारोबार रकमका आधारमा नबिल बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको १७ करोड भन्दा बढिको सेयर कारोबार भएको थियो।