देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जेष्ठ नागरिकको सम्मानमा सरकार चुक्दैन : प्रधानमन्त्री देउवा

देशान्तर

आज ३१औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । हरेक वर्ष अक्टोबर १ मा ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ ।

दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरु आयोजना हुदैछन् । सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरेको छ ।

पछिल्ला केही वर्ष यता ज्येष्ठ नागरिकहरुको हकहित र सम्मानमा केही कदमहरु चालिएको भए पनि यस क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने अवस्था छ । आफ्नै आँगन परदेश लाग्ने उमेर समूहका नागरिकहरुलाई आत्मसम्मानसहित बाँच्न पाउने वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो ।

नेपालमा २०५१ सालमा मासिक १ सय रुपैयाँ वृद्धभत्ता दिन शुरु गरिएकोमा अहिले उक्त भत्ता मासिक चार हजार रुपियाँ पु¥याइएको छ । त्यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ भने सोको आधारमा सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने व्यवस्था छ ।

तर ज्येष्ठ नागरिकहरुलाई आफ्नै सन्तानबाट समेत हेला नहुने वातावरण बनाउन भने राज्य अहिले पनि चुकिरहेको छ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकलाई अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्वहरु भन्दै राज्यले उनीहरुको सम्मानमा कुनै कमी आउन नदिने बताएका छन् ।

ज्येष्ठ नागरिकहरुको ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्न सरकार अग्रसर रहेको उनले उल्लेख गरे ।