देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट, ६ जनाको मृत्यु

देशान्तर

काठमाडौँ – यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी छ जनाको मृत्यु भएको छ ।

 

त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन् ।सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा बम राखिएको पाइएको छ । सो बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका ठूलो संख्याका मानिस घाइते भएका छन् ।

घाइते भएकाहरुलाई अस्पताल पु¥याइएको छ । त्यसैगरी उक्त शक्तिशाली विस्फोटबाट वरपर रहेका अरु कैयौँ सवारी साधनमा पनि क्षति पुगेको थियो । सो बम विस्फोटनको जिम्मेवारी कसैले पनि लिएको छैन । तर पनि यहाँ हुथी विद्रोहीहरु यस्ता हिंसामा संलग्न भइआएकोले सुरक्षा निकायहरुले सोही समूहमाथि नै आशंका गरेका छन् ।

उता साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ यहाँको सेनाले जनाएको छ । सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन् ।

मारिब शहर यमनका विद्रोहीहरुको कब्जामा रहेको शहर हो । यहाँका अधिकारीहरुले उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका बिरुद्धमा कारबाही गर्दै आएको छ ।