देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्षेप्यास्त्र परीक्षण सफल भएको उत्तर कोरियाको दाबी

देशान्तर

प्योङयाङ – उत्तर कोरियाले मंगलबार बिहान गरिएको क्षेप्यास्त्र परीक्षण सफल भएको दाबी गरेको छ। उत्तर कोरियाले मंगलबार बिहानै पनडुब्बीबाट क्षेप्यास्त्र प्रहार गरेको थियो। जुन जापानको सामुद्रिक क्षेत्रमा खसेको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पनडुब्बीबाट गरिएको सो क्षेप्यास्त्र परीक्षण सफल भएको उत्तर कोरियाले दाबी गरेको छ। उत्तर कोरियाले नयाँ ब्यालेस्टिक मिसाइल परिक्षण गरिएको दाबी गरेको छ। आफ्नो पछिल्लो क्षेप्यास्त्रलाई कसैले पनि ट्रयाक गर्न नसक्ने समेत उत्तर कोरियाले भनेको छ।

पछिल्ला दिनहरुमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई तीब्र बनाएको छ। निकै शक्तिशाली मानिएको हाइपरसोनिक र लामो दुरीमा मार हान्न सक्ने क्षमताका क्षेप्यास्त्रहरु उत्तर कोरियालले गएका साताहरुमा परीक्षण गरेको थियो। जसको अमेरिका, दक्षिण कोरिया र जापानले विरोध गरेका छन्।

उत्तर कोरियाले भने क्षेप्यास्त्र कसैप्रति लक्षित नभइ आत्मरक्षाका लागि परीक्षण गरिएको प्रतिक्रिया दिँदै आएको छ। राष्ट्रसंघको कडा नाकाबन्दीका बावजुत उत्तर कोरियाले पछिल्ला दिनहरुमा निरन्तर रुपमा अत्याधुनिक क्षेप्यास्त्रहरु परीक्षण गरिरहेको छ।