देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि भेरोसेलको दोस्रो डोज खोप लगाइँदै

देशान्तर

कोरोना भाइरस संक्रमण विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबारदेखि देशभर लगाइँदै छ । गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई खोप दिइँदै छ ।

सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयमार्फत खोप अभियान सञ्चालन गरिएको हो । दोस्रो मात्राको खोप अभियान साउन २४ गतेसम्म सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिइने मन्त्रालयले जनाएको छ । अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको विभागको भनाइ छ ।

बिहीबारसम्म नेपालमा २१ लाख ३० हजार नौ सयले पुर्ण खोप लगाएका छन् । भेरोसेल खोपको दुवै मात्रा ७ लाख ३२ हजार भन्दा धेरैले लगाएका छन् ।

त्यस्तै पहिलो मात्रा मात्रै खोप लगाउनेको संख्या ४३ लाख ५९ हजार २ सय ७७ रहेको छ । अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरोसेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएको छ ।