देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनएको आयोजनामा प्रकोप र महामारी सम्बन्धी सम्मेलन क्यानबेरामा सम्पन्न

देशान्तर

क्यानबेरा (अस्ट्रेलिया) । गैर आबासिय नेपाली सँघ एनआरएन अष्ट्रेलियाको प्रकोप ब्यबस्थापन सम्बन्धी कार्यदलको आयोजनामा राजधानीमा क्यानबेरामा एक दिने डिईसिएमटी बिज्ञ सम्मेलन चौध बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । अष्ट्रेलियाका नेपालीहरू माझ पहिलो पटक आयोजित यो सम्मेलनको उद्घाटन अष्ट्रेलियाका लागी नेपाली राजदुत महेशराज दाहालले गरेका थिए । सो अवसरमा प्रकोप ब्यबस्थापन र कोभिड–१९ को महामारीमा अष्ट्रेलियास्थित बिज्ञ र पेशाकर्मीहरूले गरेका अनुसन्धान र पेशागत संलग्नताबारे प्रस्तुती दिइएको थियो ।

कार्यक्रममा राजदुत दाहालले एनआरएन अष्ट्रेलियाले नेपाली दुताबास अष्ट्रेलियाली नेपाली डाक्टर र डेन्टिस्टहरूको सँस्था एम्डा, नेपाली सामुदायिक सँघ सँस्थाहरूको फेडरेशन फेन्का लगायतका केही सँस्थासँग मिलेर पहिलो पटक यो तहको उच्चस्तरिय सम्मेलन आयोजना गरेर नेपाल र अष्ट्रेलियाको नेपाली समाजको ज्ञान र शिप अभिबृद्धिमा महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकलाई धन्यबाद दिए । राजदुत दाहालले सोही अबसरमा सम्लेलनका सँयोजक तथा एनआरएन अष्ट्रेलियाका प्रकोप ब्यबस्थापन कार्यदलका सँयोजक डा. भरतराज पौडेल, डा राजु अधिकारी र डा. रामकृष्ण निरौलाद्वारा लिखित नेपाल साइन्स फाउण्डेशन र एनआरएन अष्ट्रेलियाको सयुंक्त पहलमा तयार ‘डाईसेक्टिङ दि प्याण्डेमिक कोभिड–१९’ नामक पुस्तकको भर्चुअल लोकार्पण गर्दै तिनै जना सम्पादक तथा आठवटा च्याप्टरमा आ–आफ्ना अनुसन्धान र शोध पस्कने अनुसन्धानकर्ता र लेखकहरूलाई बधाई दिए । मञ्चमा एनआरएन आईसिसीका उपाध्यक्ष मन केसी, नेपाली कन्सुल जनरल दिपक खड्का र नेपाली दुताबासकी नियोग उपप्रमुख दुरापदा सापकोटाले सँयुक्त रूपमा रिबन खोलेर सहभागी बिज्ञ र बैज्ञानिक समुदाय सामु प्रस्तुत गरेका थिए ।

डिईसिएमटी सम्मेलनलाई एनआरएन आईसिसीका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले कि नोट स्पिचमार्फत स्थापनाकालदेखि आपतबिपतका बेला नेपाल र डायारस्पोरामा मानबिय तथा आकस्मिक सरसहयोग गर्दै आएकोले पनि प्रकोप र महामारी सम्बन्धी ज्ञान र शिप आदानप्रदान गर्ने यो सम्मेलन झन सान्दर्भिक भएको उल्लेख गर्दै एआरएनकै गरिमा बढाउने काममा आफ्नो सँधै सहयोग रहने बताए । एनआरएन आईसिसीका अध्यक्ष कुमार पन्तले पठाएको लिखित सन्देशसँगै पूर्व अध्यक्ष जिबा लामिछाने र बर्तमान महासचिव हेमराज शर्माले मानबताबादी कामको लागि प्राज्ञिक र पेशाकर्मीहरूकै पहलमा एनआरएनलाई अझ बढी घच्घच्याउने काम यो सम्मेलनले गरेकोमा खुसी व्यक्त गर्दै आयोजक एबम सम्पादक त्रय र एघारै जना लेखकलाई बधाई दिए । कार्यक्रममा एनआरएन आईसिसीकै अष्ट्रेलिया स्थित उपाध्यक्ष मनकेसीले आफुले नेतृत्व गरेकोआईसिसीकै स्किल नलेज र प्रबिधी हस्तान्तरण एब निती हेर्ने बिभागको लागि यो सम्मेलनको घोषणापत्र पुस्तक र प्रोसिडिङ महत्वपूर्ण हुने भएकोले र अष्ट्रेलिया बाटै यो काम शुरू भएकोमा खुसी ब्यक्त गरे । नेपाली महाबाणिज्य दुत दिपक खड्काले अष्ट्रेलियाका होनहार नेपाली बिद्वानहरूको काम देख्दा आफुलाई सँधै गर्व लाग्ने गरेको बताए ।

सम्मेलनको पहिलो सत्रमा नेपाल साइन्स फाउन्डेसन तथा फेन्काका अध्यक्ष राजु अधिकारीले कोभिड–१९ बारेको ब्यालेन्स सिट प्रस्तुत गरेका थिए। डा रामकृष्ण निरौलाले पुस्तक र सम्मेलनको तयारी बारे यो आबश्यकताले जन्माएको अबसर भएको बताए भने सँयोजक डाक्टर भरतराज पौडेलले आगामी दिनमा प्रकोप र महामारी ब्यबस्थापनको क्षेत्रमा काम गरिरहेका बिज्ञ र स्वयंसेबकहरूलाई सँगठित गर्दै नेपाल र प्रबासका नेपाली समाजलाई योगदान दिन सकिने बताए ।

एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशब कँडेलले अष्ट्रेलियामा आफ्नो सँस्थाले महामारीका बेला पुर्याएको सहयोगको फेयरिस्त प्रस्तुत गरे भने नेपाली दुताबासकी उप प्रमुख दुरापदा सापकोटाले नेपाल र अष्ट्रेलिया बिचको सम्बन्ध सँगै कोभिड–१९ पछीको समयमा गर्न सकिने काममा आँफुहरू केन्द्रित रहेकोले यो सम्मेलन त्यसको लागि कोषे ढुङ्गा साबित हुने भन्दै बिशेष प्रस्तुती दिएकी थिइन। तीन चरणमा सन्चालित यो सम्मेलनमा डा रूपक अर्याल, डा बन्दिता मैनाली, डा ज्योती केसी, डा हेमन्त ओझा, डा रमेश सुनाम, डाक्टर चन्द्र दिपक पोखरेल, पुनम पन्त, कृष्ण हमाल, डा होममूर्ती पन्त लगायतले कार्यक्रममा भाग लिएका थिए भने एनआरएन आईसिसी महिला सँयोजक भोमा लिम्बु, अष्ट्रेलियाका पूर्व अध्यक्ष सुरेन्द्र सिग्देल र ओसेनिया सँयोजक जानकी पौडेलले सम्मेलनमा प्रस्तुत बिषयबस्तु एनआरएनको मानबताबादी कामको लागि अत्यन्त उपयोगी रहने उल्लेख गरे । एनआरएन एसिटी क्यानबेरा स्थित उपाध्यक्ष चुडामणि सापकोटाको स्वागत बाट शुरू भएको सम्मेलनको सँचालन महासचिव ज्ञानेन्द्र रेग्मीले गरेका थिए ।

कार्यक्रमको अन्त्यमा १४ बुँदे क्यानबेरा घोषणापत्र प्रस्तुत गर्दै डाक्टर राजु अधिकारीले आगामी बर्ष देखी प्रकोप र महामारी सम्मेलन र पुस्तक प्रकाशन गर्दै जाने बताए भने घोषणापत्र र समग्र कार्यपत्र माथि टिप्पणी गर्दै नेपाली पत्रकारहरूकै सँस्था एन्जाका अध्यक्ष हेमन्त काफ्लेले यो सम्मेलनको निचोड नेपाल र नेपालीहरूक, लागि उपयोगी दस्तावेज हुने उल्लेख गरे । आर एन प्रबक्ता नन्द गुरूङ, एनएसडब्लु उपाध्यक्ष देब गुरूङ, भिक्टोरिया उपाध्यक्ष प्रेम कँडेल, एनएडिएफ पूूूर्व अध्यक्ष डिल्ली ढकााल, समाजसेवी डा नारायण प्रधान, एनआरएन अष्ट्रेलियाका महासचिब डाक्टर ज्ञानेन्द्र रेग्मी, कोषाध्यक्ष अनिल पोखरेल, डाक्टर दुर्गा दत्त कँडेल, आइसीसी सदस्य ई राजु अधिकारीले सम्मेलनले मार्ग निर्देशन गरेका बिषयहरू एनआरएनले लागु गर्दै जान सके सँस्थाको प्रभावकारीता अझ बढ्ने उल्लेख गरे । सम्मेलनमा भागलिन सिड्मेनी मेलबर्न ब्रिसबेन तास्मानिया दक्षिण अष्ट्रेलिया लगायत राजधानी क्यानबेरा आएका थिए । सम्मेलनमा दुईसय जनाको सहभागिता रहेको थियो ।