देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डोल्पामा भारी हिमपात, जुफाल बिमानस्थल बन्द

देशान्तर

काठमाडौ । डोल्पामा यो वर्ष पहिलो पटक भारी हिमपात भएको छ । बिहीबार रातिबाट वर्षासँगै परेको हिउँले डोल्पाको अधिकांश भू – भाग ढाकेको छ। हिउँदभर हिउँ नपरेको डोल्पामा बिहीबार रातिबाट पहिलो पटक ठूलो हिमपात भएको हो।

माघको तेस्रो सातामा मात्रै हिउँ पर्न थालेपछि निरासामा रहेका कृषक भने खुसी भएका छन्। धूलो,हावा र रुघाखोकीले आक्रान्त भएका डोल्पाबासी हिमपातसँगै रमाएका छन्।

जिल्लाको करिब ९० प्रतिशत भू भाग हिउँले ढाकेपनि समुन्द्र सतहबाट करिब २५ मिटर तलको भू(भागमा भने हिउँ जम्न सकेको छैन ।

हिउँदे सिजनको अन्तिमतिर हिउँ परेर तल्लो डोल्पाका स्थानीय उत्साहित भए पनि माथिल्लो डोल्पाका नागरिक भने हिमपातले नाकाबन्दी गरेको छ । करिब ५६ सय मिटर अग्ला पहाडले घेरिएको क्षेत्रमा बस्ती भएको माथिल्लो डोल्पामा भने हिमपातले जनजीवन कष्टकर बनाएको छ ।

हिमपातका कारण जुफाल बिमानस्थलमा उडान नहुँदा यात्रु बिमानस्थलमै थन्किएका छन् भने पैदल यात्रु प्रभावित भएका छन्। डोल्पाको तामक्रम माइनस १० भन्दामाथि पुगेको छ ।