देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाभाल्नीको सजाय पुटिनका लागि किन समस्याको शुरुवात हो ?

देशान्तर

काठमाडौँ – रूसको राजधानी मस्को स्थित केन्द्रीय क्षेत्रमा मंगलबार दंगा प्रहरी तैनाथ भएपछि नाभाल्नीको पक्षमा उत्रिने सबै प्रदर्शनकारीलाई कुल्चिने प्रष्ट थियो । अहिले सम्म रुसमा जतिपनि मानिसहरु प्रदर्शनको लागि निस्किए उनीहरुलाई गल्लीमा लखेटेर भएपनि पक्राउ गरिएको छ । नाभाल्नीको अदालतमा सुनुवाईलाई विपक्षीको आवाज कुल्चिनको लागि गलत मुद्धा तयार गरिएकोमा रुसी जनता आक्रोसित भएका छन् ।

उल्टो पर्नसक्छ दाउ

मस्को स्थित कार्नेगी सेन्टरका आन्द्रे कोलेसनिकोफ भन्छन्, “ मलाई लाग्छ की यो सत्ताको लागि समस्याको शुरुवात हो किनभने नाभाल्नी अब केवल एउटा राजनीतिक शक्ति होइनन् उनी एक नैतिक शक्ति पनि बनेका छन् पहिला उनका समर्थक नभएका मानिसहरु पनि उनीप्रति आकर्षित भएका छन् । कोलेसनिकोफ भन्छन्, “केवल राजनीतिक विरोधी मात्र होइन आम(जनता पनि प्रहरीको क्रूरताको कारण आक्रोशित भएका छन् ।”

रूसको सरकरले लामो समय देखि नाभाल्नीलाई पश्चिमी देशका एजेन्ट बताउदै आएको छ र सरकारले अदालतलाई स्वतन्त्र तथा प्रदर्शनकारीलाई अराजक तत्व बताएको छ । राष्ट्रपति पुटिनका प्रवक्ताले प्रदर्शनकारीको सामना गरको कारण सुरक्षा बलको प्रशंसा गरेका छन् । तर केहि मानिसहरुले सरकारको कठोर निर्णय उल्टिन सक्ने बताएका छन् । प्रदर्शनमा सहभागी भएका मानिसहरुको अनुसार, उनीहरु पहिलो पटक सडकमा आएका हुन् ।

उनीहरुले एलेक्सी नाभाल्नीमाथि गरिएको अत्याचार र खराब व्यवहारको विरुद्दमा सडकमा उत्रिएको बताएका छन् । मंगलबार बेलुका जब नाभाल्नीलाई अदालतले सजाय सुनायो तब सेन्ट्रल मस्कोमा ड्राइभरहरुले प्रदर्शनकारीको समर्थनमा आफ्नो गाडीको हर्न बजाएका थिए । ती ड्राइभरहरु रोकिएर प्रदर्शनमा सहभागी हुन असहज थिए तर आक्रोश व्यापक स्तरमा भएको प्रष्ट देखिएको थियो ।

नाभाल्नीलाई उच्च स्तरको भ्रष्टाचारको मुद्धा लगाइएको छ र यसको बारेमा मानिसहरु आक्रोशित भएका हुन् । अहिले रुसका सर्वसाधारण मानिसको जीवन कठिन बन्दै गएको छ । सरकारको कडा व्यवहार शिर्ष अधिकारीहरुमा कति स्वीकार्य छ भन्ने देख्न बाँकी रहेको विशेषज्ञहरुले बताएका छन् । यस आन्दोलन कहिले सम्म चल्नेछ भने स्पष्ट छैन र सेप्टेम्बर-अक्टोबर मा हुने भनिएको संसदीय चुनाव सम्म आन्दोलन सेलाउने हो की भन्ने आशंका बढ्दै गएको छ ।

नाभाल्नीले निर्वाचनमा सत्ता समर्थक युनाइटेड रुस पार्टीलाई जित्ने बताएका थिए । अब उनको टिमले नाभाल्नी बिना नै यस योजनामा अगाडी बढ्ने बताएको छ । ल्यूबोफ सोबोलले पछिल्लो हप्ता नाभाल्नी नभए यस काम सफल हुन कठिन हुने बताएका थिए । उनले भने, “ एलेक्सी हाम्रो प्रेरणा हुन् तर उनलाई जेल पठाइएको छ, अब हामी थप जोसको साथ काम गर्नेछौं, यसमा हाम्रो आक्रोश पनि हुनेछ ।”

तर उनको यस प्रतिबद्धतालाई तुरुन्त चुनौती पनि मिलेको छ । सोबोल र अन्य शीर्ष नेताहरुलाई तुरुन्त घरमा नजरबन्द गरिएको छ भने उनीहरुको विरुद्दमा अपराधिक मुद्धा पनि दर्ता गरिएका छन् । अब उनिहरुलाई पनि जेल सजाय तोकिने छ । उनीहरुलाई महामारीको समयमा मानिसलाई प्रदर्शनको लागि उक्साउने आरोप लगाएको छ ।

नाभाल्नीलाई जेल भित्रबाट आफ्नो टिम र समर्थकको लागि निर्देशन गर्न सहज हुनेछैन विशेषगरी यदि प्रशासनले उनीमाथी लगाएको अन्य आरोपको छानविन शुरु गर्यो भने उनलाई थप कडाई गरिनेछ । रुसको जेलमा मोबाइल फोन प्रतिबन्ध छ तर सजिलै भेट्न भने सकिनेछ । पछिल्लो हप्ता जब उनी रिमांडमा थिए तब उनी जेल भित्रबाट इन्स्टाग्राममा एउटा संदेश पोष्ट गर्न सफल भएका थिए ।

उनले मानिसहरुलाई नडराई प्रदर्शन अगाडी बढाउन अपिल गरेका थिए । उनको उक्त पोष्टलाई १० लाख भन्दा धेरैले लाइक गरेका थिए । अब रूसमा मानिसहरुसंग केवल दुईवटा मात्र विकल्प रहेका छन्, एउटा पुटिनको समर्थन गर्ने वा नाभाल्नीलाई सहयोग गर्ने ।