देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनकपुरमा प्रचण्ड – माधव समूहका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर

देशान्तर

काठमाडौ । नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।

नेकपाका नेता र कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले लाठी प्रहारका साथै हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।

प्रहरीको लाठी प्रहारबाट नेकपाका नेता एवं पूर्व सांसद रामचन्द्र झासहितका केही नेतारकार्यकर्ता घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ