देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुधबार नेप्से १३.७ अंकले बढ्यो

देशान्तर

काठमाडौं – नेप्से सुधारोन्मुख देखिएको छ । अघिल्लो दुई दिन घटेको नेप्से आज बुधबार भने १३ दसमलव सात अंकले बढेर २१ सय ७८ दसमलव ५७ बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ४५ अंकले बढेर चार सय १८ दसमलव १४ बिन्दुमा चढेको छ ।

आज दुई सय पाँच वटा कम्पनीहरुको ४३ हजार तीन सय ५७ पटकको कारोवारमा एक करोड पाँच लाख ३४ हजार एकम सय ५७ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम चार अर्ब ४२ करोड ४८ लाख ४२ हजार पाँच सय ९७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये ट्रेडिङ र जलबिद्युत समुहको सुचक सामान्य अंकले घटेपनि बाँकी समुहको सुचक भने उच्च अंकले बढेकाछन् । आज बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव आठ अंकले बढेर १६ सय ४७ दसमलव ५० बिन्दुमा चढेकोमा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको कालिका लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर नौ सय ६८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको मुल्य आठ दसमलव ५५ प्रतिसतले घटेर चार सय २८ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २३ सय ८४ रुपैयाँ अन्तिम मुल्यमा २१ करोड ३३ लाख ८६ हजार सात सय ४३ रुपैयाँको कारोवार भएको छ ।