देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से ८८ अंकले बढ्दा छ अर्ब ३४ करोडको कारोवार

देशान्तर

काठमाडौं – नेप्सेमा पुरै हरियाली छाएको छ । साताको सुरुवाती दिन आज आईतबार नेप्से ८८ दसमलव १२ अंकले बढेर २१ सय ७५ दसमलव ३९ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि १७ दसमलव १८ अंकले बढेर चार सय १५ दसमलव ८८ बिन्दुमा चढेको छ ।

दुई सय १२ वटा कम्पनीहरुको ५४ हजार छ सय ९८ पटकको कारोवारमा एक करोड ४० लाख २६ हजार आठ सय ८६ कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कुल कारोवार रकम छ अर्ब ३४ करोड ४० लाख १७ हजार आठ सय ८९ रुपैयाँ पुगेको छ । आज १२ वटा समुहको कारोवार हुंदा १२ वटै समुहको सुचक बढेको छ ।

आज बाँणिज्य बैंक समुहको सुचक ७० दसमलव ९२ अंकले बढेर १६ सय ५६ दसमलव १४ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ३८ दसमलव ९३ अंकले बढेर १६ सय २१ दसमलव ६२ बिन्दुमा चढेको छ । यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर ३८ सय ७२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको राधी जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार दसमलव २९ अंकले घटेर दुई सय ९० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २४ सय १६ रुपैयाँ अन्तिम मुल्यमा ५० करोड ९५ लाख ७५ हजार दुई सय २८ रुपैयाँको कारोवार भएको छ ।