देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेयरबजार झण्डै ५० अङ्कले बढ्यो

देशान्तर

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से झण्डै ५० अंकले बढेको छ । होटल र विकास बैंकबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेपछि नेप्से ४९ दशमलव १७ अंकले बढेर २ हजार ६२ दशमलव शून्य ६ विन्दुमा पुगेको छ । आज उत्पादन समूहको शेयर ३ सय ४८ अंकले, जीवन बीमाको १ सय ५३ अंकले, व्यापारको १ सय ८२, बैंकको ३०, माइक्रो फाइनान्सको ८५ र अन्य समूहको शेयर ७३ अंकले बढेको छ ।

आज २ सय ८ कम्पनीका ९९ लाख १० हजार कित्ता शेयर ४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङ कम्पनी, नागरिक लगानी कोष, हिमालय डिस्टिलरी, एभरेष्ट बैंक र मल्टिपर्पोज फाइनान्सका शेयरधनीले ९ प्रतिशत भन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढेपनि नारायणी विकास बैंकका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् ।