देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साताको नेप्से दुई हजार ३८ अंकमा, ३४ अर्ब ७१ करोडको सेयर कारोवार

देशान्तर

काठमाडौं – यो साता नेप्से दुई हजार ३८ दसमलव ६३ अंकमा पुगेर रोकिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८६ दसमलव ७६ अंकमा पुगेर रोकिएको छ । नेप्सेमा यो साता दुई सय पाँच वटा कम्पनीहरुको दुई लाख ९९ हजार नौ सय चार पटकको कारोवारमा छ करोड ११ लाख ३८ हजार छ सय ८८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३४ अर्ब ७१ करोड ९० लाख ३८ हजार ५० रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा बढी हो ।

गत साता भने नेप्सेमा दुई सय पाँच वटा कम्पनीहरुको दुई लाख ५९ हजार दुई सय पाँच पटकको कारोवारमा चार करोड ४७ लाख ६६ हजार चार सय ८० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३० अर्ब आठ करोड ७५ लाख १९ हजार एक सय ३५ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन खुल्ला रहेकोमा पहिलो र पाँचौं दिन घटेको थियो भने दोस्रो, तेस्रो र चौथो दिन बढेको थियो । पहिलो दिन नेप्से ९६ दसमलव ८८ अंकले घटेर १९ सय ३५ दमसलव ६३ अंकमा पुग्दा सेन्सिटिभ पनि १५ दसमलव ३९ अंकले घटेर तीन सय ६९ दसमलव ५५ अंकमा पुगेको थियो । दोस्रो दिन भने नेप्से ३० दसमलव ३३ अंकले बढेर १९ सय ६५ दसमलव ९६ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव एक अंकले बढेर तीन सय ७६ दसमलव ५६ अंकमा पुगेको थियो ।

तेस्रो दिन पनि नेप्से ९५ दसमलव ४६ अंकले बढेर दुई हजार ६१ दसमलव ४१ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स १५ दसमलव १८ अंकले बढेर तीन सय ९१ दसमलव ७४ अंकमा पुगेको थियो । चौथो दिन पुन नेप्से सात दसमलव चार अंकले बढेर दुई हजार ६८ दसमलव ४५ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स भने एक दसमलव २४ अंकले घटेर तीन सय ९० दसमलव ५१ अंकमा पुगेको थियो । अन्तिम दिन भने नेप्से २९ दसमलव ८३ अंकले घटेर दुई हजार ३८ दसमलव ६३ अंकमा पुगेकोमा सेन्सिटिभ पनि तीन दसमलव ७४ अंकले घटेर तीन सय ८६ दसमलव ७६ अंकमा झरेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नविल बैंक, नेपाल पुर्नबीमा कम्पनी आदि परेकाछन् । सेयर कारोवार भएको संख्याको आधारमा भने यो साता नबिल बैंक, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् । बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।