देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर ब्रोकरको कमिसन घटाउ : अर्थमन्त्री

देशान्तर

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दोस्रो बजारमा सेयरको खरिद बिक्री गर्दा लाग्दैआएको ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । शुक्रबार धितोपत्र बोर्ड, नेप्से र सिडिएससीका अधिकारीहरुलाई अर्थमन्त्रालयमा बोलाएर पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

उनले पुँजी बजारसँग सम्बन्धित निकायहरुलाई प्रो–एक्टिभ भएर लाग्न निर्देशन समेत दिए । पूँजीबजार बढ्दै र बिस्तार हुँदै गएको बताउँदै अर्थमन्त्री पौडेलले अहिलेको समस्या समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिए । साथै पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न समेत निर्देशन दिए ।

हाल सेयर कारोबार गर्दा ०.४० प्रतिशत देखि ०.६० प्रतिशतसम्म ब्रोकर कमिसन लाग्दै आएको छ । लगानीकर्ताहरुले यसलाई ०.२५ प्रतिशतसम्ममा झार्नुपर्ने माग गर्दैआएका छन् ।