काठमाडौ । बारामा प्रहरी र स्थानीयबीच भएको झडपको बारेमा सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले घटनाबारे छानबिन गर्न प्रशासकीय अधिकृत सुरेन्द्र यादवका संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक सुरेन्द्र यादव, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साह र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाराका बरिष्ठ अनुसन्धान सहायक शोभाकान्त चौधरी सदस्य छन् ।
समितिलाई सत्य तथ्य बुझेर ७ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी जिम्मेवारी दिइएको जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको सूचनामा उल्लेख छ ।
झडपमा परी तीन जना प्रहरी र एकजना १४ वर्षीय बालक घाइते भएका थिए ।
प्रतिक्रिया