देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भेरी बबई परीयोजना निर्माण कार्यमा स्थानीयबासीको अवरोध, काम अनिश्चितकालका लागि बन्द

देशान्तर

काठमाडौँ – राष्ट्रिय गौरबका ठुला आयोजनामध्य एक हो भेरी बबई डाइभर्जन परियोजना जस अंतर्गत भेरी नदीको पानी बबई नदीमा खसाली उक्त क्षेत्रको करिब ८४ हजार हेक्टर जमिनलाई सिंचाई गरी सुविधा पुर्याउने योजना रहेको छ । करिब ७०० करोड को उक्त महत्वपुर्ण आयोजनामा २०७६ असार बाट सुरुभई राम्रै गति लिन लागि सकेको थियो र आयोजना समयमै सकिन्छ की भन्नेमा सबै आशावादी थिए । तर बिगत केही महिना देखी स्थानिय को अवरोध र टोले गुन्डा हरुका कारण उक्त आयोजनाको काम ठप्प जस्तै भएको छ ।

यस आयोजनाको निर्माण कार्यको जिम्मा पाएको ग्वाँड्डङ – रमण जे भी ले काम गर्ने वातावरण न रहेको बताएका छन । स्थानिय टोले गुन्डाहरुले कुटपिट गर्ने र ज्यान मार्ने सम्मको धम्कि दी रहेको र जुन सुकै बेला केनैपनी अप्रिय घटना हुन सक्ने देखिएको छ । बिगत केही महिना देखी स्थानिय गुन्डाहरु ऋायोजनाको कार्यस्थल र मुख्य कार्यालयमा गई धम्काउने, चन्दा माग्ने र विभिन्न किसिमका नाजायन माग राखी तालाबन्दी गर्ने र बाटो समेत अवरोध गर्ने गरेको पाइएको छ ।

यती लामो रमयदेखी चलिरहेको समस्या र अवरोधमा आयोजना कार्यालय सुर्खेत र मुख्य कायालय काठमाडौ समेत मौन रहेको पाइएको छ। यस विषयमा थप जानकारी लिन उक्त आयोजनाका प्रमुख संग संपर्क गर्दा उन्लेपनी चित्त बुझ्दो जवाफ दिन सकेनन् । उनका अनुसार यस्ता समस्या ठेकेदार कंपनी स्वयंमले मिलाउनुपर्ने र यस्मा आयोजनाले केहीगर्न नसक्ने जस्तो गैर जिम्मेवार जवाफ दिए ।

काम गर्न गारो भएको र जिउधनको खतरा भएको हुनाले रात–बिहान जे पनी दुर्घटना हुन सक्ने हुँदा सेना वा प्रहरी खटाएर भएपनी उचित सुरक्षाको प्रत्यभुती गराई काम गर्ने वातावरण बनाउन उक्त आयोजनामा काम गर्ने कर्मचारीले जोरदार माग राखेका छन् । कुनैपनी अप्रिय घटना भएमा त्यस्को सम्पुर्ण जिम्मेवारी सरकारको हुने छ, अतः जती सक्दो चाडो सुरक्षा प्रदान गरी ज्यान धनको सुरक्षित पारियोस भन्ने उनिहरुको माग छ ।

यस आयोजनामा अन्य प्राविधिक समस्याहरु पनी देखा परेका छ । आयोजना सुरु हुनु अघि फाईनल गरिएको डिजाईन, ठेक्का लागी सकेर ठेकेदार कंपनीले निर्माण कार्य सुरु गरिसकेपछी पुन्ह डिजाईन परिमर्जन गरिएको र उक्त डिजाईन हाल सम्मपनी पास न भई सकेको हुनले निर्माण कार्यमा केही अन्योलता देखिएको छ ।

उक्त आयोजनाको एउटा मुख्य भाग भनेको पावरहाउस निर्माण कार्य रहेको छ जस्को निर्माण अहिलेसम्म सुरु भई सक्नु पर्ने थियो तर ठेकेदारले साईट पोजेशन अर्थात साइट हस्तांतरण न पाएकाले सो को काम समेत सुरु हुन सकेको छैन । राष्ट्रिय गौरवका आयोजनाका निर्माण कार्यमा आयोजना तथा कन्सल्टेन्टको अनिवार्य उपस्थिति हुनुपर्नेमा यो आयोजना सुरुभएको १ वर्ष बित्न लागीसक्दा समेत दुबै जिम्मेवार निमायहरुको उपस्थिति न रहेको पाईएको छ । यस्ता थुप्रै समस्याले गर्दा यस आयोजनाको निमाण कार्य पाएका निर्माण व्यवसाई हतोत्साहित भएका छन ।

राष्ट्रिय गौरबका कयों आयोजनामध्य एक महत्वपुर्ण यो आयोजना ५ वर्ष भित्र सकिनुपर्नेमा यस्ता समस्या र अवरोधका कारण समयमा न सकिने संभावना बढ्दै गएको छ जुन राष्ट्रका लागीनै ठुलो घाटा हुने छ । ठुला आयोजनाका काम हुँदा धेरै जस्तो प्रोजेक्टको डिजाईन बिचमै बदलिने, साईट पोजेसन अर्थात साइट हस्तांतरण समयमा न हुँने, ठेकेदारलाई समयमा भुक्तानी न दिने र सबै आरोप ठेकेदार कंपनीमाथी थोपर्ने जस्ता प्रविधिले गर्दा नेपालमा अधिकांश आयोजनाहरु समयमा पुरा न हुने र निर्माण कार्यमा सरकारको लागत समेत बढ्ने गरेको छ ।