काठमाडौं – नेपाली काँग्रेसले निजामति कर्मचारी युनियनको निर्वाचन सारेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबारको मन्त्रिपरिषद्को बैठकले आगामी असोज २४ गतेका लागि तय गरिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव आगामी मंसिर २७ गतेसम्म स्थगिसारेकोप्रति गम्भीर ध्यानाकर्षणत गर्ने निर्णय गरेको छ ।
काँग्रेस श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुख शिवप्रसाद हुमागाँईले विज्ञप्ति जारी गरि निजामति कर्मचारी युनियनको निर्वाचन रोक्नु दुःखद भएको जनाए । सरकारले निजामति कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन पटक–पटक सार्ने कार्य गरी संविधानप्रदत्त मौलिक हकको हनन् गरेको हुमागाँईले बताए ।
संविधानको धारा १७ बमोजिम संघ–संस्था खोल्न पाउने र धारा ३४ बमोजिम युनियन खोल्ने र सामुहिक सौदावाजी गर्न पाउने नैसर्गिक अधिकारको कुरामा हस्तक्षेप गरी लोकतन्त्रमाथि नै क्रमशः प्रहार गर्ने दुष्प्रयास गरेको काँग्रेसको आरोप छ ।
प्रतिक्रिया