देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जारी लकडाउन आज देखि सकिदै , निषेधाज्ञा लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने बताएको छ ।कोरोना संक्रमण दर नघटेको भन्दै मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप लम्ब्याउन सुझाव दिइको हो ।

विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिदै छ । अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकामा अहिले पनि जोखिम नघटेको भन्दै जारी निषेधाज्ञालाई कम्तिमा एक साता निरन्तरता दिनुपर्ने बताए । दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्डअनुसार चल्नुपर्ने उनले बताए । मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टम ९आईसीएस० प्रमुख डा। गुणराज लोहनीले पनि जनस्वास्थ्यको हिसावले निषेधाज्ञालाई निरन्तरता दिनु पर्ने बताए ।

उपत्यका नगरपालिका फोरमले सीमाबाट प्रवेश गर्ने नाकामा कडाइ गर्ने र जनजीवन खुकुलो बनाउन पर्ने बताएको छ । उसले यसअघि जस्तै निजी सवारी साधनलाई जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न सुझाव दिएको छ ।