देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महोत्तरीका कोरोना संक्रमित पुरुषको धुलिखेल अस्पतालमा मृत्यु

देशान्तर


काठमाडौं , महोत्तरीका एक कोरोना संक्रमितको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । बर्दीबास नगरपालिका वडा नम्बर १४ का ७८ वर्षीय पुरुषको आज विहान साढे ६ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

मुटु रोगको उपचारका लागि भदौ ९ गते ती संक्रमित धुलिखेल अस्पतालमा भर्ना भएका थिए। कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा भदौ ११ गते संक्रमण पुष्टि भएको थियो। संक्रमण देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।