देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ललितपुरका विभिन्न ठाउँमा छ दिनसम्म पाँच जनाभन्दा धेरै भेला हुन नपाउने

देशान्तर

ललितपुर – ललितपुरका विभिन्न ठाउँमा अबको छ दिनसम्म पाँच जना भन्दा धेरै मानिस भेला हुन नपाइने भएको छ । मछिन्द्रनाथको रथ तान्ने विवादपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले हिजो कर्फ्यु लगाएको क्षेत्रमा अबको छ दिन मानिसहरुलाई भेला हुन रोक लगाएको हो ।

ललितपुर जिल्ला प्रशासनको विज्ञप्तिमा रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तर बखुण्डोल चोकमा भेला वा जम्मा हुन नपाइने भनिएको छ ।

यस्तै, मीननाथको रथ रहेको आसपास क्षेत्र अर्थात पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिमवहालसम्म भेला जम्मा हुन नपाइने पनि विज्ञप्तिमा उल्लेख छ ।